कपिलवस्तु,९ फागुन
लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले उप प्रधानमंत्री तथा अर्थ मंत्री बिष्णु प्रसाद पौडेल तथा शिक्षा सचिव राम कृष्ण सुवेदीलाई भेटेर मदरसा व्यवस्थापन बारे ज्ञापन पत्र दिएका छन् l
मदरसामा पढाउने शिक्षक लाई प्रक्रिया पुर्याई दरबन्दी स्थापना गरि स्वत: स्थायी गर्नु पर्ने तथा नेपाल सरकारले
मदरसामा दिदै आएको बार्षिक अनुदान रकम दुइ लाख एक्चालिस हजार बाट बढाएर दश लाख दिनुपर्ने प्रमुख माग सहित ज्ञापन पत्र दिइएको लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां ले जानकारी दिएका छन् l
उप प्रधानमंत्री तथा अर्थ मंत्री बिष्णु प्रसाद पौडेलले
मदरसा व्यवस्थापन बारे आफू सकारात्मक रहेको तथा मदरसाका सवालमा उचित व्यवस्थापन गरि मदरसाको समस्या समाधान गरिने आश्वासन दिनुभएको उपाध्यक्ष मशहूदले जानकारी दिए l

उपाध्यक्ष खां सहित राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति सल्लाहकार मेघनाथ ढकाल सहितले उप प्रधानमंत्री तथा अर्थ मंत्री र शिक्षा सचिव राम कृष्ण सुवेदी लाई भेटेर मदरसा व्यवस्थापन बारे ध्यानाकर्षण गराएका थिए l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

