नवलपरासी / ९ फाल्गुन
पश्चिम नवलपरासीको रामग्राम ४ जितपुरमा रहेको जिल्लाकै पुरानो क्याम्पस पाल्ही बहुमुखी क्याम्पसले आर्थिक अभावका कारण शैक्षिक गुणस्तरमा सुधार गर्न नसकेको जनाएको छ ।
सोमबार सम्पन्न क्याम्पसको तेस्रो साधारण सभा तथा अभिभावक भेलामा क्याम्पस प्रमुख कैलाश ठाकुरले प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक अभावका कारण क्याम्पसले अपेक्षित नतिजा हासिल गर्न नसकेको उल्लेख छ ।आर्थिक अभावकै कारण शिक्षण सिकाईमा समेत असर परेको छ । अघिल्ला वर्षको तुलनामा नतिजामा केहि सुधार आएपनि सन्तोषजनक नतिजा छैन् । क्याम्पसको पछिल्लो नतिजा अनुसार वि एडमा ३० प्रतिशत र वि वि एसमा ३६ प्रतिशत मात्र विद्यार्थि उत्तिर्ण भएका छन् ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम पाठकले क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रमाण पत्र प्राप्त गर्न लागी प्रयासरत भएको भएपनि आर्थिक अभावका कारण समस्या भएको बताउनुभयो । क्युएए प्राप्त गर्ने प्रक्रियामा जोडतोडका साथ अगाडी बढेका छौ अध्यक्ष पाठकले भन्नुभयो तर त्यसको लागी आवश्यक मापदण्ड पुरा गर्न थप पुर्वाधारको आवश्यकता छ, हामिसंग बजेट छैन् । पाठकले यस क्षेत्रका जनप्रतिनिधि लगाएत स्थानिय तहलाई क्याम्पसलाई आर्थिक सहयोगका लागी आह्वान गर्नुभएको छ ।
साधारण सभाका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य विनोद चौधरी तर्फ लक्षित गर्दे पाठकले आवश्यक सहयोगको पहल गरिदिन आग्रह गरेपनि चौधरीले ठोस प्रतिवद्धता भने व्यक्त गर्नुभएन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दे चौधरीले राजनैतिक नेतृत्वकै कारण हाल सम्म शैक्षिक क्षेत्रमा अपेक्षित विकास हुन नसकेको बताउनुभयो । भारतको युपि र विहारको उदाहारण दिदै दक्षिण एसियाका एक मात्र डलर अर्वपति सांसद चौधरीले अबको राजनिति विकास केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । ‘केहि वर्ष अगाडी सम्म युपि विहारको कमजोर अवस्थाका कारण मानिसहरु नेपाल तर्फ आउथे तर अहिले युपि विहार फेरियो तर नेपालको मुहार फेरिन सकेन्” चौधरीले भन्नुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य वैजनाथ कलवारले पाल्ही वहुमुखी क्याम्पसलाई यस क्षेत्रको शैक्षिक हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । गरिब विपन्न वर्गका छोराछोरी, बुहारीले अध्ययन गर्ने शैक्षिक संस्थाको गुणस्तर सुधारका लागी सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पुर्व रक्षाराज्यमन्त्री रामवच्चन यादव, नेपाली काग्रेस नवलपरासीका कार्यवहाक सभापति विक्रम यादव, जनमत पार्टीका केन्द्रिय सदस्य बालगोविन्द चौधरी, रामग्राम ४ का वडा अध्यक्ष मदन यादव, देवकोटा क्याम्पस संञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, पाल्ही क्याम्पस संञ्चालक समितिका उपाध्यक्ष गजानन्द पटेल, अभिभावक लक्ष्मीनारायण गुप्ता, विद्यार्थि संगिता गुप्ता लगाएतले बोल्नुभएको थियो ।
विक्रम संवत २०४६ सालमा स्थापना भएर आर्दश मावि परासीको भवनमा मानविकि संकाय अन्र्तगत प्रविणता प्रमाण पत्र तह सुरु गरेको क्याम्पस तत्कालीन रामलक्ष्मण राईस मिलको गोदाम घर हुदै २०४९ सालमा बल्ल रामग्राम ४ जितपुर स्थीत आफ्नै भवनमा सरेको थियो ।

क्याम्पसमा विद्यार्थि सङख्या अपेक्षित रुपमा नबढ्नु र बिचमै पढाई छाड्नु चुनौतिको रुपमा देखिएको छ । तर पछिल्ला वर्षमा भने क्रमश विद्यार्थि संङख्या बढ्दै गएको छ । हाल क्याम्पसका शिक्षा र व्यवस्थापन संकायमा गरी ३ सय ९८ जना विद्यार्थि अध्ययनरत रहेको सहायक क्याम्पस प्रमुख दिपक अर्यालले जानकारी दिनुभयो । उहाँका अुनसार क्याम्पसमा हाल प्रध्यापक र कर्मचारी गरी २२ जना कार्यरत छन् । उनिहरुको तलब सुविधा यस वर्ष ३० प्रतिशत वृद्धि गरि चार महिनाको तलब समेत भुक्तानी गरिएको अध्यक्ष पाठकले बताउनुभयो । अहिले भवनहरु रंगरोगन गरी क्याम्पस परिसरमा सौन्र्दयकरण गरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

