कृष्ण ढकाल / नवलपरासी ,८ फागुन
बर्दघाट प्रज्ञा प्रतिष्ठानको चौथो बैठक आज प्रतिष्ठानको कार्यालयमा सम्पन्न् भएको छ । प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने परिश्रमीको अध्यक्षतामा भएको उक्त बैठकमा बिगतका कार्यहरुको समिक्षा सहित बिभिन्न ९ ओटा प्रस्तावहरु माथि छफल भएको थियो ।
बैठकमा प्रस्तावित भएका प्रस्तावहरुमा विद्यागत र विभागिय प्रशिक्षणहरुको मिति तय गर्ने, अनुसन्धान कार्यहरुका लागि प्रस्ताव माग गर्ने,प्रतिष्ठानको मुखपत्रका लागि लेख रचना माग गर्ने एकजना स्रष्ठाको कृति प्रकाशन गर्ने, स्व. गायक लोक बहादुर क्षेत्रीको स्मृति कार्यक्रम गर्ने, लुम्बिनी प्रदेश स्तरीय कवि गोष्ठी गर्ने,धुम्ति कार्यक्रमको मिति र स्थान तय गर्ने लगाएतका बिषयमा बैठकमा घनिभुत छलफल भएको थियो ।
प्रज्ञा परिषद सदस्य हुमनाथ आचार्यको संचालनमा भएको बैठकमा कुलपतिद्धारा प्रस्तावित बिषयहरुमा छलफल गरी समयानुकुल हुनेगरी कार्यक्रम गर्ने निर्णय गरीएको छ भने केहि प्रस्तावित बिषयहरुका बिषयमा मिति र कार्यक्रमको प्रकृति पछितय गर्नेगरी कार्यक्रम गर्ने निर्णय गरीएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

