Rashtriya Dainik

हरपुर मा.वि काे व्यबस्थापन समितिकाे निर्वाचन सम्पन्न

रंजीत शर्मा/ नवलपरासी , ८ फाल्गुन।

श्री हरपुर माध्यामीक विद्यालय हरपुरको बिद्यालय व्यबस्थापन समितिको निर्वाचन आज शान्ति रुपमा सम्पन्न भएको छ।

निर्वाचनबाट बिद्यालय व्यबस्थापन समितिको सदस्य पदमा जयराम हरिजन र कान्छा केवट विजयी भएका छन्।

हरपुर माध्यामीक विद्यालय हरपुरको बिद्यालय व्यबस्थापन समितिको २ सदस्य निर्वाचनको लागि ३ सय ४० जना मतदाता रहेको मध्य २१७ मत खसेको थियो। सदस्य पदका लागि ४ जना उम्मेदवार रहेको मध्य मोबाइल चुनाव चिन्ह रहेका जयराम हरिजनले १४५ मत,कुर्सी चुनाव चिन्ह बोकेका कान्छा केवटले १३१ मत प्राप्त गरी विजयी भएका थिए।

त्यस्तै उनका प्रतिष्पर्धीका रूपमा रहेका बस चुनाव चिन्ह बोकेका सञ्जय गुप्ताले ६४ र घडी चुनाव चिन्ह बोकेका वीरेन्द्र कहारले ६३ मत प्राप्त गरेको थिए भने ७ मत बदर भएको थियो।

फाल्गुन १ गते सम्पन्न अभिभावक भेलाबाट सुन्धवती देवी गुप्ता,
फुलमती हरिजन निर्विरोध निर्वाचित भएकी थिइन्। बाकी दुई सदस्य सहमति जुट्न नसकेपछि आज बिद्यालयको प्राङ्गणमा निर्वाचन सम्पन्न गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित