Rashtriya Dainik

नेपालकाे राजनीति युवा केन्द्रीय र विकास केन्द्रीत हुनुपर्ने : सांसद बिनाेद चाैधरी

राष्ट्रिय दैनिक / नवलपरासी , ८ फाल्गुन

रामपुरमा गत माघ २७ गतेदेखि चलेको तेस्रो रामपुर महाेत्सव तथा व्यापार मेला २०७९ काे समापन कार्यक्रम भएको छ ।

रामपुर उद्योग वाणिज्य संघको अायाेजना तथा रामपुर नगरपालिकाकाे संरक्षणमा मेला अायाेजना गरिएको हाे ।

संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालकाे अध्यक्षतामा भएको मेलाकाे समापन सत्र कार्यक्रमकाे उद्घाटन संघीय सांसद तथा बरिस्ठ उद्योगि विनाेद चाैधरिले गर्नुभएको हाे । मेला अायाेजनाका सन्दर्भमा अध्यक्ष ढकालले जानकारी दिनुभएको छ ।

मुख्य पाहुना चाैधरिले याे क्षेत्र उद्योग व्यावसायका लागि धेरै सम्भावना बाेकेकाे छ, नेपालकाे राजनीति युवा केन्द्रीय र विकास केन्द्रीत हुनुपर्ने बताउनुभएको छ । राजनीतिलाई विकास र विकासलाई उद्योग र व्यावसाय संग जाेडिनुपर्ने बताउनुभएको छ । रामपुर बृहत् नेपाल संग जाेड्न सक्ने सम्भावना रहेको, नेपालकाे पाैरखलाई विश्वभरि पुर्याउने प्रयास गरेर अाफु सफल भएको उहाले बताउनुभयो ।

सम्भावनालाई खाेजेर काम गरियाे भने सयाै विनाेद चाैधरि जन्मनेछन्, एकले अर्काेलाई निषेध गरेर गन्तव्यमा पुग्न सकिँदैन बताउदै चाैधरिले विकासले दृष्टिकाेणकाे ढाेका खाेलिनुपर्नेमा जाेड दिनुभएको छ ।

कार्यक्रमकाे संचालन संघका महासचिव पुर्सोत्तम केसिले गरिरहनुभएकाे छ । कार्यक्रममा विभिन्न उपसमितिका संयाेजक, पाहुनालाई मायाको चिनाे वितरण गरिएको छ ।

अाज कलाकार पुस्कल शर्मा, माधव भण्डारी, सिर्जना अाले लगायतले रमाइलो सास्कृतिक कार्यक्रम चलिरहेको छ । मेलाको समापन दिन भएकाले अाज पनि दर्शककाे भिड लागेको छ । व्यापारीक स्टलमा सामान किनमेल गर्नेकाे घुईचाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित