Rashtriya Dainik

त्रिवेणी नाकालाई ब्यबस्थित र मर्यादित बनाउने कार्यमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री गाहा

अारपि उपाध्याय / नवलपरासी , ८ फाल्गुन

गण्डकी प्रदेश सरकार का आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन बहादुर गाहाले गण्डकी प्रदेशको भारतसंग जोडिएको एक मात्र त्रिवेणी नाकालाई ब्यबस्थित र मर्यादित बनाउने कार्यमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ स्थित सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बि.ओ.पी को निरिक्षण गर्दै मन्त्री गाहाले सो कुरा बताउनु भएको हो ।

मन्त्री गाहाले सशस्त्र प्रहरी बलको त्रीवेणी बि.ओ.पी को अति जिर्ण भवनलाई आवश्यक प्रकृया पुर्याई नया भवन बनाउने तर्फ आफु कृयाशिल रहने धारणा राख्नुभयो ।

सो अवसरमा आन्तरिक मामिला तथा कानुन सचिव बद्रिनाथले सशस्त्र प्रहरी बलको ब्यारेज पुलमा बिग्रिएको सि.सि क्यामेरालाई तत्काल नया व्यवस्थापन र सुरक्षा बललाई चाहिने उद्धार सामाग्रीको प्रबन्ध मिलाउने धारणा राख्नुभएको छ ।

मन्त्री गाहाको नेतृत्वमा त्रिवेणी आई पुगेको सुरक्षा अधिकारी हरुको टोलीले ईलाका प्रहरी कार्यालय त्रिवेणीको भवन र गण्डकी प्रदेशको भारत संग जोडिएको एक मात्र त्रीवेणी भन्सार कार्यालयको पनि निरिक्षण गर्नुभएको थियो ।

निरिक्षणको क्रममा मन्त्री गाहाले नागरिक संग सरोकार रहने कुनैपनि सेवामुलक कार्यलाई चुस्त दुरुस्त राख्न पनि राष्ट्र सेवक कर्मचारीलाई निर्देशन दिनुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल , प्रहरी उपरिक्षक भुवनेश्वर तिवारी, सशस्त्र प्रहरीबल नेपाल भेडावारी गुल्मका गुल्मपति डि.एस.पी विनोद खतिवडा , विनयी त्रिवेणी गाउपालिकाका अध्यक्ष घनश्याम गिरि लगायतले सुरक्षा निकायलाई भरपर्दो आवास सुविधा दिन सकिए राष्ट्रसेवकको काम गर्ने जोसजागर बढ्ने बताउदै नागरिक सेवाका लागी प्रशासन र स्थानिय निकाय पुर्ण प्रतिबद्ध रहेको जिकिर गर्नुभएको थियो ।

गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गाहाले गजेन्द्र मोक्ष धाममा भैरहेको चौथो उत्सव समारोहको पनि अवलोकन गर्नुभएको विनयी त्रिवेणी ६ का वार्ड अध्यक्ष नुरेन्द्र शाहले जानकारी दिनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित