Rashtriya Dainik

सांसद बिनाेद चाैधरीद्वारा १००८ सतचण्डी महायज्ञ उदघाटन

राष्ट्रिय दैनिक / नवलपरासी , ७ फाल्गुन

पश्चिम नवलपरासी जिललाकाे सरावल गाउँपालिका वडा नम्बर ६ बडसारमा अाइतबार देखि १००८ सतचण्डी महायज्ञ सुरु भएकाे छ ।

सतचण्डी महायज्ञ ब्यवस्थापन समितिका अध्यक्ष पशुपति यादवकाे अध्यक्षता तथा प्रतिनिधि सभा १ का सदस्य बिनाेद चाैधरीकाे प्रमुख अतिथ्यतामा महायज्ञलाई एक कार्यक्रम बिच बिधिवत रुपमा उदघाटन गरिएकाे छ ।

महायज्ञलाई उदघाटन गर्दै प्रमुख अतिथि चाैधरीले नेपालीहरुकाे धर्म सस्कृति कलाहरु लाेप हुँदै गईरहेकाेले यसलाई सबै सरक्षण गरि जाेगाउनु पर्ने अावश्यकता रहेकाे बताउनु भयाे ।धर्म संस्कार बिना मानिसकाे जीवन पुर्ण नरहने भएकाेले धर्म संस्कृति र सस्कार प्रति ध्यान दिनुपर्ने स्थानियबासिहरुमा अाग्रह गर्नु भयाे ।

कार्यक्रम वडा न ६ वडा अध्यक्ष छाेटेलाल ,नेपाली काङ्ग्रेस जिल्ला उपसभापति अनिल गाैड, स्थानिय समाजसेवी चन्द्रकुमार गुप्ता लगायतले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे ।

उदघाटन पछि स्थानिय भक्तश्रध्दालुहरुले कलश लिएर वडाकाे बिभिन्नटाेलमा परिक्रमा गरिएकाे बताईएकाे छ ।

१ हप्ता सम्म सन्चालन रहने महायज्ञमा रातिमा रामलिला र दिउसाेमा प्रबचन ,पुजा लगायतका कार्यक्रम सन्चालन रहने अायाेजकले जनाएकाे छ ।महायज्ञमा पण्डित दिलिप मिश्राले प्रबचन दिने बताईएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित