नन्दु यादव/ पाैष ७, नवलपरासी पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले कडा निगरानी गरेकाे छ । सिमासग जाेडिएकाे याे जिल्लामा खुल्ला नाका रहेकाेले चुनाैतिकाे सामाना गर्दै कडारुपले सशस्त्र प्रहरी लागि परेकाे छ ।निगरानी बढाएसगै जिल्लाकाे विभिन्न क्षेत्रबाट धमाधम सामानहरु पक्राउ पर्न थालेका छन। सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. पश्चिम नवलपरासीबाट खटिएको मोबाईल टोलीले यस जिल्लाको विभिन्न ईलाकाबाट रातको समयमा बिशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. पश्चिम नवलपरासी तथा मातहतका युनिटबाट परिचालित ड्युटिले यस गणको जिम्मेवारी क्षेत्रका बिभिन्न नाकाको प्रयोग गरी भारतबाट अबैध रुपमा भित्र्याइएका रु.१७,७६,०००।- (सत्र लाख छयत्तर हजार) बराबरको पेय पदार्थ (रेडबुल १३० पेटी), खसी र बिभिन्न लत्ताकपडा सहित पिकअप गाडी तथा मोटरसाईकल नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिनु भयाे ।केही दिन अगाडि मात्र सशस्त्र प्रहरी बल नेपाल न २६गण हे.क्वा.पश्चिम नवलपरासी मा सरुवा भई अाउनु भएका गणपति महेश अधिकारीले कडा रुपमा प्रस्तुत हुदा तस्करीमा कमि अाएकाे छ ।वहाले जिल्ला मातहत रहेका सबै युनिट लाई कडा रुपमा निर्देशन दिएर तस्करी राेक्न लागि परेपछि तस्करि घटदै गईरहेकाे हाे ।जिल्लामा शान्ति सुरक्षा चुस्त दुरुुस्त बनाएर अगाडि बढने लक्ष्य रहेकाे गणपति अधिकारीले बताउनु भयाे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।