Rashtriya Dainik

विश्व सनातन धर्म स्थापनार्थ सीता माता मन्दिरको सर्वपक्षीय भेला सम्पन्न

अारपि उपाध्याय / नवलपरासी , ७ फाल्गुन

विश्व सनातन धर्म स्थापनार्थ सीता माता मन्दिर जिल्ला कार्य समिती नवलपरासीको आयोजनामा सर्वपक्षीय भेला त्रिवेणीको रानीनगरमा सम्पन्न भएको छ।

सीता माता मन्दिर जिल्ला कार्य समितीका उपाध्यक्ष दिपक कुवरको अध्यक्षतामा आयोजित भेलामा श्री विश्व सनातन धर्म स्थापनार्थ मुल समिती काठमाडौंका अध्यक्ष दिपक रायमाझीले चितवन जिल्ला माणि नगरपालिका १ मा रहेको वाल्मीकि आश्रमलाई पहिचान सहितको अन्तर्राष्ट्रिय धार्मिक धरोहरको रूपमा विकास गर्न पत्रकार जगतको महत्वपूर्ण भुमिका रहने बताउनुभयो।

मुल समिती काठमाडौंका अध्यक्ष रायमाझीले २०५४ सालदेखी नै वाल्मीकि आश्रमको परिसरमा रहेको सीता माता मन्दिरलाई धार्मिक क्षेत्रको रुपमा परिणत गर्न सकिए पर्यटन उद्योगका साथै धार्मिक जागरणको सन्देश फिजिने जिकिर गर्नु भयो। सर्वपक्षीय भेलामा मुल समितिका उपाध्यक्ष यमराज थानीले वाल्मीकि आश्रम सीता माता मन्दिर व्यवस्थापनको लागि हालसम्म गरिएको क्रियाकलाप र भावी योजनाबारे जानकारी गराउनु भएको थियो।

सो अवसरमा मुल समितिका कोषाध्यक्ष कमल उपाध्याय, विश्व मर्दन शाह, मोतीलाल ढकाल, सुरज कोहार,विरेन्द्र कुमार महत लगायतले वाल्मीकि आश्रममा रहेको सीता माता मन्दिर व्यवस्थापनको गतिविधि माथि प्रकाश पार्नु भयो। भेलाले सीता माता मन्दिर जिल्ला उपसमितिलाई पुनर्गठन गरेको छ।

पुनर्गठित समितिको अध्यक्षमा शालिग्राम उपाध्याय, उपाध्यक्षमा विश्व मर्दन शाह, सचिवमा अर्जुन ज्ञावाली,कोषाध्यक्षमा मनोज रौनियार,सहसचिवमा शोभा क्षेत्री सर्वसम्मत चयन हुनु भएको छ। समितिको सदस्यहरूमा विशाल सिंह भण्डारी,आर पि उपाध्याय,मुन्ना कलवार, जीवन थापा लगायत रहनु भएको बताइएको छ।

त्यसैगरी उपसमितीलाई आवश्यक सल्लाह सुझावका लागि ६ सदस्यीय सल्लाहकार समिती पनि गठन भएको छ।
मुल समिति काठमाडौंकै आयोजनामा आउदो चैत्र महिनाको ८ गतेदेखि १६ गतेसम्म ९ दिवसीय रामायण ज्ञान,महायज्ञ सञ्चालन गर्ने भएको छ।


चितवन माणी नगरपालिका १ वाल्मीकि आश्रममा ज्ञान महायज्ञ सञ्चालन गर्न आधा दर्जन उपसमिती पनि गाठन गरिएको छ। त्रेता युगको धार्मिक अध्यायसङ्ग जोडिएको वाल्मीकि आश्रममा हुने महायज्ञमा नेपाल,भारतका गरि १ लाख भक्तजन आउने अनुमान आयोजकले गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित