पर्सा ७ फागुन
पर्साको पटेर्वा सुगौली गाउँ पालिका वडा न्नं.१
मा पटेर्वा सुगौली गाउँ पालिका कार्यालय
को सहयोगमा सहज सेवा सीप विकास केन्द्र पटेर्वा सुगौलीको आयोजना रक्तसञ्चार केन्द्र पर्साद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
पटेर्वा सुगौली गाउँ पालिका वडा न्न.१को वडा अध्यक्ष फरमान मिया अन्सारीको अध्यक्षता र पटेर्वा सुगौली गाउँ पालिका स्वास्थ शाखा प्रमुख भुजेन्द्र प्रसाद यादव,वडा न्नं.३ का कार्वाहक वडा अध्यक्ष हैदर अन्सारी,काङ्ग्रेस नेता सुलेमान मिया दर्जी,ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक किशोर आचार्य रंगपुर प्रहरी चौकीका
प्रसनी पवन कुसवाहा लगाएतले मन्तव्य व्यक्त गरेको थियो ।
कार्यक्रममा बोल्दै भुजेन्द्र प्रसाद यादवले अरुको ज्यान जोगाउन रक्तदान दान गर्न रोगीलाई सहयोग गरी समाजिक कार्य गर्न हुनेहरुलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।
रक्तदान गर्नेहरुमा कार्वाहक वडा अध्यक्ष हैदर अन्सारी,काङ्ग्रेस नेता सुलेमान मिया दर्जी,प्रहरी सहाय निरीक्षक पवन कुसवाहा,अमरेन्द्र गिरी,कान्ति देवी,ठग चौधरी,
श्रीकान्त चौधरी,चनदन चौधरी,कन्हैया यादव,बबलु गिरी सङिता देवी लगाएत २५ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र पर्साका सौरब पान्डेले बताएको छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

