Rashtriya Dainik

उपाध्यक्ष मौलाना मशहूदले दिए प्रजातन्त्र दिवसको शुभकामना

कपिलवस्तु, फागुन ७

लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले आज परेको ७३ औं प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन् l
मशहूदले ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रजातन्त्रको रक्षाका लागि लोकतान्त्रिक मूल्य मान्यता, विधि, पद्धतिलाई आत्मसाथ गरेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताए lराज्यशक्तिको सम्पूर्ण स्रोत नागरिक नै हुन् भन्ने मान्यतामा आधारित रहेर लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताउनुभयोl
उपाध्यक्ष खांले गरिब, असहाय, जनजाति, आदिवासी, दलित, मधेसी, महिला, मुस्लिम, पिछडिएका वर्ग, सिमान्तकृत, अल्पसंख्यक, लोपन्मुख, उत्पिडत वर्गको हक अधिकार विभिन्न आन्दोलन तथा परिवर्तनले स्थापित भएको बताए l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित