Rashtriya Dainik

ज्योति बौद्ध बिहार गुम्बा समितीको पाँचौं साधारण सभा सम्पन्न

अारपि उपाध्याय / नवलपरासी ,५ फाल्गुन
ज्योति बौद्ध बिहार गुम्बा समिती विनयी त्रिवेणी ६ शिवपुरगढीको पाँचौं साधारण सभा गुम्बाको सभाहलमा शुक्रबार सम्पन्न भएको छ। गुम्बा समितिको अध्यक्ष सिंह बहादुर थापाको अध्यक्षतामा आयोजित साधारण सभामा विनयी त्रिवेणी ६ का वडाध्यक्ष नुरेन्द्र शाहले भगवान बुद्धले देखाउनु भएको शिक्षाबाट सम्पुर्ण मानवजातिको भलो हुने धारणा राख्दै बुद्धको ज्ञानरुपी शिक्षा वर्तमान समयमा पनि सान्दर्भिक रहेको जिकिर गर्नुभयो। कार्यक्रममा गुम्बा समितिका अध्यक्ष थापाले अध्यक्षको प्रतिवेदन तथा सचिव चित्र बहादुर पुन मगरले साङ्घठनिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थागत गतिविधिबारे प्रकाश पार्नुभएको थियो। २०५० सालमा विधिवत स्थापना भएको श्री ज्योती बौद्ध बिहार गुम्बा समितिमा साधारण र आजिवन गरि कुल ६६ जना सदस्य रहेको समितिकी उपाध्यक्ष रुपा थापाले जानकारी दिनुभएको छ। कार्यक्रममा गुम्बा समितिले २०७३ सालमा बृहत् गुरु योजना अनुसार स्थानीय निकायसङ्ग समन्वय गरि विकास निर्माण कार्यलाई थप निरन्तरता दिने आयोजकले बताएको छ। कार्यक्रममा गुम्बा समितिका सल्लाहकार खेम बहादुर राना,आर पि उपाध्याय, विष्णु कुमार श्रेष्ठ लगायतले गुम्बा समितिले हालसम्म गरेको गतिविधि माथी प्रकाश पार्नुभएको थियो। सो अवसरमा वडा न.६ र ७ का जनप्रतिनिधि, संघसस्थाका प्रमुख, आजिवन र साधारण सदस्यहरुको उपस्तिथि रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित