उत्तमकुमार थापा /५ फागुन
बैंक तथा लघुबित्त, सहकारी संस्थाको चर्को ब्याज दर बिरुद्ध नेकपा बझाङ द्वारा प्रदर्शन गरिएको छ । आज बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बझाङ द्वारा सदरमुकाम चैनपुर बजारमा नारावाजी सहित प्रदर्शन गरिएको थियाे ।
बैंक तथा लघुबित्त, सहकारी संस्थाको चर्को ब्याज दर बिरुद्ध नाराबाजी सहित बजार परिक्रमा गरेर कोणसभा गरेको हाे । जनतालाई ठग्ने ग्रामीण, मिरमिरे लघुबित्त, सहकारी संस्था लि को कार्यालय को साइनबोर्ड फाल्नुको साथै जलायको हाे । भने मिरमिरे लघुबित्त सहकारीको केहि कागजात नियन्त्रणमा लिएको छ ।
नेकपा बझाङ जिल्ला ईन्चार्ज भरत सी र सेक्रेटरी प्रबिन सी ले कोणसभा लाई सम्वोधन गर्दै ठग बैंक तथा लघुबित्त सहकारी संस्था लाई तत्काल पिडित जनताको पैसा फिर्ता गर्न कडा चेतावनी दिएका छन । सरकारी सस्थाले यस बिषयमा गम्भीर ध्यानाकर्षण भएको स्राेतकाे भनाइ छ भने अन्यथा पार्टी सशक्त संर्घष गर्न बाध्य हुने बताउनु भयो विप्लव नेतृत्व बझाङले बताएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

