वीरगंज ५ शुक्रबार
पर्सा प्रहरीले नक्कली सुन देखाई ठगी गर्ने ४ जना मानिसलाई पक्राउ गरेको छ।
वीरगंजको हिमालयन होटल अगाडी सडक खण्डमा नक्कली सुन देखाई ठगी गर्ने BR31P०६४९नम्बरको सेतो स्कारपियोमा बसि आएको ४ जनाको गिरोहलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी पाउन लगत्तै क्राईम ब्रान्च प्रमुख एवम प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले वीरगंजको हिमालयन होटलको अगाडीवाट स्कारपियोमा रहेका ४ जनाको साथबाट नक्कली सुनको बिस्कुट १ किलोको सुन आकार जस्तो देखने धातु सहित ४ जनालाइ नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो।
नक्कली सुन देखाई ठगी गर्नमा सर्लाहीका रामबिर चौधरी ,लालबाबु राय , राकेश कुर्मी ,अवधेश राय समेतवाट Yuepeng Gold 1 kilo Fine Gold लेखिएको धातुलाई नियन्त्रणमा लिई परिक्षणको लागि सुन चादी व्यवसायी संघ पर्सामा पठाई चेकजाँच गराउदा सुनको जलप भएको धातु हो रिपोर्ट आएपछि ४ जनालाई पक्राउ गरि थप अनुसन्धान भईरहेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

