जलवायु मैत्रि कृषि प्रविधि तथा गड्याैला मल सम्बन्धि २ दिने अभिमुखिकरण आज सम्पन्न भएकाे छ ।
युनाईटेड मिसन टु नेपाल तथा दलित सहयाेग समाज बझाङकाे साझेदारिमा बुंगल नगरपालिका वडा नं ४ सुल्मा वातावरणीय दिगाेपनाका लागि जलवायु प्रभाव न्युनिकरण तथा अनुकुलन परियाेजनाद्वारा भवानि महिला कृषक समुहका पदाधिकारीहरुलाई जलवायु मैत्रि कृषि प्रविधि तथा गड्याैला मल बनाउने तरिका बारे २ दिने अभिमुखिकरण कार्यक्रम गरिएकाे हाे । दलित सहयाेग समाजका अध्यक्ष माेहनलाल बि.क.काे अध्यक्षतामा भएकाे कार्यक्रममा सुल्मा भवानि महिला कृषक समुहका २७ जना सहभागि रहेका थिए। उक्त कार्यक्रम काे प्रशिक्षण प्रशिक्षक पुष्कर बहादुर मल्ल र पुर्ण बहादुर बाेहराले गर्नु भएको थियाे । अभिमुखिकरणमा दिनानु दिन भइरहेको जलवायु परिवर्तनका कारण मानव जीवन र कृषि प्रणालिमा परेकाे असरका कारण कसरी जलवायु मैत्री कृषि प्रविधि अपनाउने भन्नेबारे छलफल गरिएको थियाे भने गड्याैला मल कसरी बनाउने भनेर अभ्यास सहित गड्याैला मल राखिएको थियाे । साे कार्यक्रमकाे सञ्चालन साेहि परियाेजनाका कृषि प्राविधिक लोकेन्द्र बहादुर राेकायाले गर्नु भएको थियाे । फागुन २ गते बाट संचालन भएकाे कार्यक्रम अाज सम्पन्न भएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

