Rashtriya Dainik

नवलपरासीमा नेविसंघको विरोध प्रर्दशन , एक घण्टा चक्का जाम

उमेश बि.क / नवलपरासी ,६ पुस

पश्चिम नवलपरासीको परासी रामग्राम चोकमा नेकपा सरकार प्रति विरोध एंव टायर वालि एक घण्टा चक्का जाम गरिएको थियाे।

प्रधानमन्त्रीको प्रतिनिधि सभा विगठन गर्ने कदम विरुद्ध नेपाल विद्यार्थी संघ ईकाई कार्यसमिति पाल्हि बहुमुखी क्याम्पस रामग्राम ४ जितपूरद्वारा विरोध एंव टायर वाली चक्का जाम गरिएको थियाे।

प्रधानमन्त्री विरुद्ध नाराबाजी गर्दे परासी स्थीत बाईपास चोकमा एक घण्टा चक्काजाम गरेको विद्यार्थि नेता विकास घिमिरेले बताउनुभयो ।

ईकाई समितिका सभापति ईमामुल अलिकाे सभापत्तित्वमा भएको विराेध प्रदर्शनमा धिरज हलुवाई,विकास घिमिरे ,अवधेश यादव ,दिवाकर पाण्डेय,संदिप अग्रहरी लगाएतले वर्तमान कदमले नागरिक सर्वोच्चतामा क्षति पुगेको भन्दै व्यक्तिको ईसारामा मुलक चल्दा दुर्घटना निम्तने बताएका हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित