अमृत भट्टराई /बिहादी पर्वत । पर्वतको बिहादी गाउँपालिकामा नेकपा परित्याग गरेर नेपाली काँग्रेस मा प्रवेश गर्ने युवाहरू को लहर चलेको छ । ओली सरकारले जनताको विपरीत काम गरेको र देशमा भ्रष्टाचार , बलात्कार ,कोरोनाको समयमा खरिद गरेको स्वास्थ सामाग्रीमा अनियमित बढ्दै जादा पनि सरकार तिनैको संरक्षणमा लागि परेको भन्दै बिहादीमा नेकपा परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गर्ने को संख्या बढ्दै गएको छ । आइतबार बिहादी गाउँपालिका को वाहाकीमा नेकपा लगायतका विभिन्न पार्टी परित्याग गरि दुई दर्जनभन्दा बढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेस पर्वत का पार्टी सभापति खिम प्रसाद भुसाल , नेपाली काँग्रेस पर्वतका सदस्य दक्षिण पर्वतका युवा नेता युवाहर का धरोहर प्रविन गुरुङ , नेपाली काँग्रेस बिहादी गाउँपालिका नेपाली काँग्रेस का पार्टी सभापति विस्नु भुसाल , नेपाल तरुण दल बिहादीका सचिव गंगा श्रेष्ठ , नेपाली काँग्रेस वाहाकीका पार्टी सभापति लगाएका व्यक्तिले खादा र टीका लगाइदिएर नवआगन्तुक लाई स्वागत गर्नुभएको थियो । केहीदिन अघि पनि नेपाल महिला संघ विहादीको अधिवेशन मा बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरका प्रेम नेपाली बिहादी ४ वाहाकीका मिलन श्रेष्ठ लगायतका विभिन्न पार्टी परित्याग गरि दर्जनौं कार्यकर्ता नेपाली काँग्रेस मा प्रवेश गरेका थिए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।