पश्चिम नवलपरासीमा शनिबार मात्रै ३९ जना कोरोना संक्रमित थपिय

पश्चिम नवलपरासीमा शनिबार मात्रै ३९ जना कोरोना संक्रमित थपि

राष्ट्रिय दैनिक / नवलपरासी ,१ कार्तिक

पश्चिम नवलपरासीमा शनिबार थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको रामग्राम नगरपालिकामा १०, बर्दघाट नगरपालिकामा १५, सुनवल नगरपालिकामा १२ र सरावल गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमित हुनेमा रामग्राम नगरपालिका वडा नम्बर १ की ३० वर्षकी महिला, ३१ वर्षीय पुरुष, वडा नम्बर ३ का ३९ वर्षीय पुरुष, वडा नम्बर ५ की २८ वर्षकी महिला, वडा नम्बर ९ का ५७ वर्षीय पुरुष, वडा नम्बर ११ का २२ वर्षीय पुरुष, वडा नम्बर १४ की ४५ वर्षकी महिला, २७ वर्षीय पुरुष रहेका छन् । यस्तै रामग्राम नगरपालिकाकै वडा नखुलेका ६३ र ४७ वर्षीय दुईजना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उता, बर्दघाट नगरपालिकाका वडा नम्बर १ की ५२ वर्षीय महिला, वडा नम्बर ४ का २८ वर्षीय पुरुष रहेका छन् भने बर्दघाट नगरपालिकाकै वडा नखुलेको ८ वर्षकी बालिका, २१, २२, २६, ३२, ४१, ४३, ४८ वर्षका ८ जना महिला, ४ वर्षका बालक, २८, ३७, ३८, ३९ वर्षका ५ जना पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको छ ।

सुनवल नगरपालिका वडा नम्बर १२ की ४३ वर्षीय महिला, ४६ वर्षीय पुरुष, वडा नम्बर १३ का ४३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै सुनवल नगरपालिकाकै वर्ष ३ की बालिका, २७,२६,६० वर्षकी महिला, २७, ३२, ३८, ५३, ७२ वर्षका गरी ५ जना पुरुष रहेका छन् ।

सरावल गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय पुरुष र वडा नम्बर नखुलेको वर्ष ५६ की महिलामा संक्रमण पुष्टि भएको छ । आज थपिएकासँगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या ८ सय एक पुगेको छ ।

यस्तै पश्चिम नवलपरासीमा शनिबार ६ जना महिला डिस्चार्ज भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो । पिसिआर परिक्षणका लागि पठाईएका मध्ये १ सय ४६ जनाको नतिजा आउन बाँकी रहेको पोखरेलले बताउनुभयो । अब जिल्ला भित्रका आईसोलेशनमा ६८ महिला र १ सय ५२ पुरुष गरी २ सय २० जना छन् भने क्वारेन्टिनमा ५८ जना छन् । हालसम्म पश्चिम नवलपरासीमा १० जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot