तुलसी राम पौडेल / सियारी /२ पुस रुपन्देहीको सियारी गाउपालिकाले सियारी गाउपालिका वडा नम्बर ३ र ४ का गाउँ ब्लक जग्गामा धेरै समय अघिदेखि बसोबास गरेका तथा भोगचलन गरि आएका घर परिवारलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेको छ । नेपाल सरकारको नीति अनुसार नापी कार्यालय र ३ नम्बर नापी टोलि रुपन्देहीको सहयोगमा सियारी गाउपालिकाले वडा नम्बर ३ र ४ का गरि ६७ घर परिवारलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेको हो। सियारी गाउपालिका अध्यक्ष अयोध्या थारुले जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रमलाई अन्य वडाहरुमा पनि निरन्तरता दिइने बताउनु भयो । गास ,बास ,कपास ,शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकारलाई सियारी गाउपालिकाले प्राथमिकतामा राखेको बताउनु भयो ।नापी शाखा रुपन्देहीका प्रमुख अजित कुवरले गाउँ ब्लकको जग्गाको जग्गा धनी प्रमाण पुर्जा वितरणको लागि जनप्रतिनिधिहरुको महत्त्वपूर्ण भुमिका रहेकोे बताउनु भयो। साथै उहाले यस किसिमको पुर्जालाई धितोमा राखेर आर्थिक कारोवार गर्न सकिने बताउनु भयो । नापी कार्यालय रुपन्देहीका अध्यक्ष अजित कुवरको अध्यक्षता, सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यता, उपाध्यक्ष एव गाउपालिका प्रवक्ता अमृता गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रममा ३ नम्बर नापी टोलि प्रमुख सालिकराम लम्साल ,सियारी गाउपालिका वडा नम्बर ३ का अध्यक्ष घिसन अहिर ,वाड नम्बर ४ का वडा अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराई ,नेपाली काङ्ग्रेसका नन्दराम थारु ,लालपुर्जा पाउने मध्यबाट रमेश यादव लगायतले मन्तव्य दिनुभएको थियो । कार्यक्रमको सन्चालन लेखा अधिकृत नारायण पौडेलले गर्नुभएको थियोे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।