बारा , ११ पुस
सशस्त्र प्रहरीद्वारा बाराबाट दुई किलो युरेनियमसहित तीन जनालाई पक्राउ गरेको छ।
शनिबार दिउँसो करिब २ बजे सशस्त्र प्रहरी बल, नेपाल ईन्टेलिजेन्स ब्यूरोको बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नंं. १२ गण हेड क्वाटर बारा मातहत सुरक्षा वेश जितपुरबाट खटेको सशस्त्र प्रहरीको टोलीले युरेनियमसहित तीन जनालाई नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो।
बाराको जितपुरसिमरा उपमहानगरपालिका- ७ जितपुर स्थित आदित्य होटलको कोठा नं. ४ बाट जितपुरसिमरा ५ बस्ने २९ वर्षीय रबि चौधरी, ३० वर्षीय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका २ बस्ने २२ वर्षीय बृज सहनीलाई दुई किलोग्राम युरेनियम सहित पक्राउ गरि थप कारवाही र अनुसन्धानकालागि नेपाल प्रहरीलाई बुझाउने तयारी भैरहेको डिआईजी मगरले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

