Rashtriya Dainik

नवलपरासीमा २० लाख बढीको अवैध सामानसहित पिकअप गाडी नियन्त्रणमा

संजय कुशवाहा / नवलपरासी १५ साउन

नवलपरासी पश्चिम जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली ल्याइएका २० लाख ५० हजार रुपैयाँ बराबरका सामानहरू बरामद गरेको छ ।
रामग्राम १० मञ्झरिया चोक स्थित गेरमीबाट परासीतर्फ गहुँ लोड गरी आउँदै गरेको लु ३ च ५५१५ नम्बरको पिकअप गाडी सहित चालक नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको पिकअप गाडी र गहुँको १६ लाख २० हजार मुल्य बराबर रहेको छ।
त्यसैगरी सुस्ता गा.पा. १ फेचुवा स्थित भन्सार छली गरी ल्याई वेवारिसे अवस्थामा राखिएको १० हजार मुल्य बराबरको कोकाकोला/ स्प्राईट , सरफ प्याकेट , मसला ड्राई फ्रुट्स प्रहरीले बरामद गरेको हो ।
त्यसैगरी सरावल गाउँपालिका वडा न. ५ धनगढवा स्थितमा दक्षिणबाट उत्तर तर्फ मोटरसाइकलमा राखी ल्याउँदै गर्दा १० हजार २ सय मुल्य बराबरको २० पिस साडी बरामद गरिएको छ ।
त्यसैगरी सरावल गा.पा. ७ भटोलिया स्थित गाँउमा रहेको गोठको छेउमा भन्सार छलि अवैध रुपमा राखिएको ४ लाख १० हजार मुल्य बराबरको किप्याड मोबाइल १ सय पिस र टेम्पार ग्लास २६ सय पिस बरामद गरिएको हो ।
उक्त नियन्त्रणमा लिएको पिकअप गाडी सहित सामानहरू आबस्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित