नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठन गरेका छन्।
नेकपा (एमाले)का विष्णुप्रसाद पौडेल, नेकपा (माओवादी केन्द्र)का नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले उपप्रधानमन्त्री भएका छन्। पौडेललाई अर्थ, श्रेष्ठलाई भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।
त्यस्तै, एमालेबाट ज्वालाकुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारी तथा जनमत पार्टीबाट अब्दुल खान मन्त्री बनेका छन्। उनीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। चारै जनाको कार्यभार पछि तोकिने भएको छ।
यस्तो छ मन्त्रिपरिषद् :
१) पुष्पकमल दाहाल, प्रधानमन्त्री
२) विष्णुप्रसाद पौडेल, उपप्रधानमन्त्री तथा अर्थ
३) नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार
४) रवि लामिछाने, उपप्रधानमन्त्री तथा गृह
५) ज्वालाकुमारी साह, मन्त्री
६) दामोदर भण्डारी, मन्त्री
७) राजेन्द्र राई, मन्त्री
८) अब्दुल खान, मन्त्री
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

