Rashtriya Dainik

नारायणी नदीमा ब्युटिफिकेशन एण्ड प्रोटेक्शन बाँध बनाइदै

नवलपरासी , ११ पुस

भारत सरकारले नारायणी नदीमा करिब ५० करोडको लागतमा ठुलो प्रोटेक्शन बाँध निर्माण गरिरहेको छ ।

नारायणी नदी (गण्डक नदी) को सौन्दर्यता र त्रिवेणीधाम देखि गण्डक ब्यारेजसम्मको सडकबाँध संरक्षणका लागि नदीकाे पश्चिम साइडमा मेका फेरि कन्सेप्टमा रिफलेक्शन बाँध निर्माण गरिरहेको छ ।

गण्डकी प्रदेशको मुल नाका पुर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका वडा ६ त्रिवेणी धाम देखि वडा ७ गण्डक ब्यारेज पुलसम्म नदीको पश्चिम साईड नेपाल तर्फ २६ सय मिटर दुरीको उक्त बाँध निर्माण कार्य भैरहेको छ ।

भारतको विहार प्रदेश सरकारले नदीको सौन्दर्यता र बाँधको संरक्षणका लागि भारत तर्फ बनाएको बाँध जस्तै नेपाल तर्फपनि उस्तै बाँधको निर्माण कार्य गरिरहेको प्रोजेक्ट म्यानेजर बिनय प्रताप सिंहले बताए । यस बाँधले नदीको छेउमा भईरहेको कटान रोकिने र बाँध थप बलियो हुने छ ।

प्रोजेक्ट म्यानेजर सिंहका अनुसार विहार सरकारले गण्डक रिभर व्युटिफिकेशन एण्ड प्रोटेक्शन परियोजना मार्फत त्रिवेणी धामदेखि नदीमा फिट गरिएको नेपाली रेगुलेटरसम्म २६०० मिटर दुरीको बाँध बनाउने कार्यमा तिब्रता दिएको छ ।

विगत ४ बर्षदेखि शुरु गरिएको यस कार्यको ८० प्रतिशत काम सम्पन्न भई सकेको र २० प्रतिशत मात्र काम बाकी रहेको सिंहले जानकारी दिए । म्यानेजर सिंहले भने, नेपाल भारतको गण्डक सम्झौता अनुसार नारायणी नदीको पश्चिम साईडमा नदीको ब्युटिफिकेशन र बाँधको संरक्षणका लागि उक्त बाँध बनाईरहेको छ ।

यो प्रोजेक्ट सन २०१९ मार्च महिनादेखि शुरु भएको र यो २०२३ जुन महिनामा सम्पन्न हुने यसको म्याद निर्धारण गरिएको छ । त्रिवेणी धाम देखि गण्डक ब्यारेजसम्म यो बाँध निर्माण हुने छ जसमध्ये हाल २६ सय मिटरको काम भएको र आगामी दिनमा थप बजेट बिनियोजन भई बाकी कामहरु पुरा हुने भारतीय पक्षले जनाएको छ ।

यस कार्यले नेपाली बाँध थप बलियो हुने र यसको सौन्दर्यता पनि बढने विश्वास व्यक्त गरिएको छ ।
उक्त नदी गण्डक ब्यारेजदेखि तल गण्डक नदीको रुपमा परिणत भएको छ । उक्त नदी नै सुस्ता भुमीलाई घेर्दै भातरको विहार र उत्तर प्रदेश छुदै पटना पुगेको छ ।

नारायणी नदीमा नारायणी, तमसा र सोनभद्रा गरि तिन नदी मिलेर त्यस ठाउँको नाम त्रिवेणी भनिएको छ । गण्डक ब्यारेज देखि उत्तर तर्फको नारायणी नदीलाई स्थानिय नाम त्रिवेणी नदीले पनि चिनिने गरिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित