Rashtriya Dainik

अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चाल्छु : अर्थमन्त्री पौडेल इकागज |

काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विज्ञसँग छलफल गरेर संकटमा रहेको अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चालिने बताएका छन् ।

सोमबार सिंहदरबार पदभार ग्रहण गरेपछि मन्त्री पौडेलले अर्थतन्त्र संकटका राष्ट्रिय तथा अन्तराष्ट्रिय कारणहरू पत्ता लगाउन विज्ञसँग छलफल गरेर आवश्यक काम गर्ने बताए । अर्थतन्त्रमा देखिएका चुनौती काबुबाहिर नभएको समेत उनकाे भनाइ छ ।

संकटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउनका लागि धेरै ठूलो मेहनत गर्नुपर्ने र आफ्नै र दुनियाँका अनुभवबाट पाठ सिकेर काम गर्ने उनको जिकिर छ ।

पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित