अारपि उपाध्याय / नवलपरासी , ११ पुस
गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री दोबाटे बिश्वकर्माले शान्ति सुरक्षालाई भरपर्दाे र बिश्वसनिय ढंगबाट नागरिक सम्म पुर्याउन सरकारी संयन्त्र प्रतिबद्ध रहेको बताउनुभएको छ।
मन्त्री बिश्वकर्माले गण्डकी प्रदेशको गौरवको रुपमा रहेको त्रिवेणी कोरला सडकलाई छिटो निर्माण गर्न सकिए यस प्रदेशकै गौरव बढ्ने जिकिर गर्नुभयो । पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउपालिका वार्ड नं. ६ मा नवनिर्मित ईलाका प्रहरी कार्यालयको भवन उद्घाटन गर्दै मन्त्री बिश्वकर्माले सो कुरा बताउनुभएको हो ।
नेपाल प्रहरीका विभिन्न स्तरका प्रहरी ईकाई मध्ये भौतिक संरचना नभएका ईकाई हरुमा क्रमिकरुपले व्यवस्थित र गुणस्तरिय रुपमा भवन निर्माण गर्दै लैजाने लक्ष्य अनुसार मन्त्रालयबाट बजेट विनियोजन भई ३ करोड २१ लाख ४२ हजारको लागतमा भवन निर्माण गरिएको डि.एस.पी केबिन जंग थापाले जानकारी दिनुभएको छ ।
२०७६ फाल्गुन १४ गते निर्माण सम्झौता भई ईलाका प्रहरी कार्यालय त्रिवेणीको नव निर्मित भवन २०७७ साल फाल्गुन १३ गते सम्पन्न भएको भवन उद्घाटन समारोहमा जानकारी गराइएको थियो ।
सो अवसरमा गण्डकी प्रदेशका प्रहरी प्रमुख डि आई.जी रामदत्त जोशीले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्दै सुरक्षा चुनौतीलाई न्युनीकरण गर्न जन निर्वाचित प्रतिनिधि ,नागरिक समाज सबैको सकृय सहयोगको खाचो रहेको बताउदै लागु औषध दुर्व्यसनी न्युनीकरण गर्दै भय मुक्त समाज निर्माण गर्न प्रहरी जनशक्ति सदा तत्पर रहेको धारणा राखनुभएको थियो ।

सो अवसरमा विनयी त्रिवेणी गाउपालिका अध्यक्ष घनश्याम गिरी, नवलपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक भुवनेश्वर तिवारी , विनयी त्रिवेणी गाउपालिका ६ र ७ अन्तर्गत सुरक्षा निकायका प्रमुख राजनैतिक दल ,संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
उद्घाटन समारोहमा रोयल कन्स्ट्रक्सन प्रा.ली धनगढिका प्रतिनिधि रविन्द्र स्वारलाई कदरपत्र सहित सम्मान गरिएको कार्यक्रम सञ्चालक प्रहरी निरिक्षक साजन कुमार शर्माले जानकारी दिनुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

