नवलपरासी – पश्चिम नवलपरासी सहित देशैभर संयुक्त रूपमा १३० औँ माओ दिवस मनाइएको छ । सोमवार नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले संयुक्त रुपमा माओत्से तुङको स्मरणमा दिवस बनाएका हुन् ।
कार्यक्रममा नेकपा( क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले विश्व कम्युनिष्ट आन्दोलनमा माओत्सेतुङको योगदान बारे चर्चा गर्दै क्रान्तिकारी धुब्रीकरणको आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा अर्का बक्ता नेकपा(बहुमत) महाधिबेशन आयोजक समितिका सदस्य तथा जिल्ल्ला ईञ्चार्ज शितलले नेपाली कम्युनिष्ट आन्दोलनले माओत्से तुङको जीवनबाट धेरै कुरा सिक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले माओले राष्ट्रिय स्वाधीनताको पक्षमा र साम्राज्यवादको बिरुद्ध गरेको संर्घषबाट देशभक्त नेपालीहरुले सिक्नुपर्ने चर्चा गर्नुभयो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला सचिवालय सदस्य रामचन्द्र पोखरेललगायतले बोल्नुभएको थियो ।
कार्यक्रम जेष्ठ सदस्य गुणनीधि पोखरेलको अध्यक्षता नेकपा बहुमतमा गणेश बहादुर क्षेत्रीको संचालनमा भएको थियो ।
माओ त्से तुङ एक चिनियाँ क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता हुनुहुन्थो । उहाँले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल सन् १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हाल्नुभएको थियो । माक्र्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उहाँको सिद्धान्तलाई माओवादको नामले संसारभर चिनिन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

