नवलपरासी , ८ पुस
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा आत्महत्या न्युनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । ‘समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत आज बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित कुमुदिनी ईङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुलमा अध्ययनरत्त विद्यार्थीहरुलाई आत्महत्या न्युनिकरण सम्बन्धी सहजीकरण गरिएको हो ।
कार्यक्रममा १ सय ५० जना सहभागी रहेको कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले सहभागि विद्यार्थीहरुलाई आत्महत्या नागरिकको भुमिका सम्बन्धमा अन्तरक्रिया समेत गर्नुभएको थियो । कार्यक्रमको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सुचना अधिकारी भोजराज पाण्डेले सहजीकरण गर्नुभएको थियो । विद्यालयका प्रध्यानाध्यापक मिन केशर शर्मा, शिक्षक, शिक्षिकाको पनि सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

