उत्तमकुमार थापा/ बझाङ
साईपाल गाउँपालीकामा आज देखि स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
सुदुरपश्चिम प्रदेश बझाङकाे अति दुर्गम साईपाल गाउँपालीकामा आज देखि स्वास्थ्य शिविर सञ्चालन भएको हाे । साईपाल गाउँपालीकामा गुँरासे कल्याणकारी सेवा प्रतिष्ठान र राेटरी क्लब अफ नक्साल , शक्तिकाे अायाेजनामा नेपालगन्ज मेडिकल कलेज (T U T H ) र साईपाल गाउँ पालिकाकाे सहकार्य तथा Gmc Hospital pokhara ,का साथै Ucmc Bhairahawa काे प्राबिधिक सहयाेगमा यही षाैष ८ ,९ र १० गतेका लागि शिविर सञ्चालन भएको हाे ।
गाउँपालीका उपाध्यक्ष डाेल्मा तामाङ र मानविर बाेहराले सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर जनसमुदायको स्वास्थ्य समस्या बारे जनाए पछि उहाको पहलमा शिविर सञ्चालन गरिएको गाउँपालीका ईन्जिनियर तिलक विकले दुर्गम साईपाल गाउँपालीकामा स्वास्थ्य शिविर सञ्चालन भए पछि सेवालीन जनसमुदायहरु आएका देखिन्छन । शिविर सञ्चालन भए पछि गाउँपालीका अध्यक्ष मानविर बाेहराले भने, हाम्रो गाउँघरमा गरिबी अशक्त र एकल परिवार सँगै आर्थिक स्थिति कम्जोर भएको कारण उपचार गर्न नपाएकोले सहजै सेवा लिनपाएको बताए ।
गाउँपालीका उपाध्यक्ष डाेल्मा तामाङले भने ,राष्ट्रपतीलाइ प्रत्येक्ष भेटेर शिविर गाउँमा ल्याउन पाउँदा खुसिले गदगद भएकाे बताए । स्थानीयका अनुसार धेरै आङखस्ने गरेका महिलाहरु भएको कारण शिविरले राम्रो भएको बताए । शिविरमा विभिन्न ठाउँबाट विशेषज्ञ डाक्टरहरु सेवामा दिन आउनु भएको छन । आज उद्घघाटन भएको स्वास्थ्य शिविर गाउँपालीका अध्यक्ष मानविर बाेहराकाे अध्यक्षतामा प्रमुख अतिथि राेटरी क्लब नेपालका सँस्थापक डाक्टर लुना सर्मा अतिथि रगुरासे कल्याणकारी सेवा परिषद सल्लाहकार माधव सर्मा अतिथि राष्ट्रपति कार्यालयका स्वकीय सह- सचिव शिव भट्टराई उपाध्यक्ष डाेल्मा तामाङ लगाएतकाे उपस्थिति रहेकाे थियाे । ८ गते देखि सुरु भएको स्वास्थ्य शिविर साईपाल गाउँपालीकाकाे काडा माध्यमिक विद्यालयमा १० गते सम्म सञ्चालन हुने भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

