Rashtriya Dainik

प्रथम वडा अध्यक्ष कप पुरुष फुटवल प्रतियोगिता ९ गतेदेखि सुनवलको मच्छरमारा हुने ।

नवलपरासी , ७ पौष
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको वडा न. ४ को मच्छरमाराको खेलमैदानमा पौष ९ गतेदेखि २३ गतेसम्म ’स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित प्रथम वडा अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
सुनवल नगरपालिकाको वडा नम्बर ४ मच्छरमाराको खेल मैदानमा हुने वडा स्तरिय पुरुष फुटवल प्रतियोगिताबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजन गरिएको थियो । कार्यक्रममा युवा लक्षित शसक्तिकरण तथा खेलकुद कार्यक्रम उपभोतm समितीका अध्यक्ष कृष्ण बहादुर कण्डेलले सुनवल नगरपालिकाका १३ वडाबाट ’समुह ए’ र ’ समुह बि’ गरि १४ टिम सहभागी हुने बताउनुभएको छ ।
कण्डेलका अनुसार प्रतियोगिताको बिजेता समुहले ५१ हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् भने उपबिजेता समुहले ३१ हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने समूहलाई केही नगद प्रदान गरिने छ भने उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपारले मेडल,प्रमाण पत्र र केही नगद रकम प्राप्त गर्ने छन् । सुनवल नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बालकृष्ण पगेंनीले प्रतियोगिताको सम्पूणर् तयारी पुरा भैसकेको छ । युवाहरुलाई खेल प्रति प्रोत्साहन र खेलाडीको छनौटको लागी यो प्रतियोगिता सन्चालन गरिएको बताउनुभयो ।
सुनवल नगरपालिकाको वडा नम्वर ४ ले सो प्रतियोगिताको लागि ३ लाख रुपैयाँ बजेट छुट्याएको छ भने प्रतियोगिताको सह आयोजक युवा लक्षित शसक्तिकरण तथा खेलकुद कार्यक्रम उपभोतm समितिले अन्य नपुग रकम सहयोग गर्ने छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित