रुपन्देही – ७ पुस
रुपन्देहीको सियारी गाउँपालिकाले चौथो सियारी राष्ट्रिय शैक्षिक महोत्सव तथा राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता गर्ने भएको छ । सियारी गाउँपालिकाको आयोजनामा भोली शुत्रबारदेखि शैक्षिक महोत्सव तथा रनिङशिल्ड प्रतियोगिता हुन लागेको हो ।
बिद्यार्थीहरुको बौद्यिक तथा शारीरिक क्षमता बृद्धि गर्ने तथा उनीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले शैक्षिक महोत्सवको आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जनाकारी दिए ।
उनले पालिकाभित्रका ४० विद्यालयका १ सय २ खेलाडिले विभिन्न खेलमा भाग लिने बताए । सियारी भित्र २५ सामुदायिक, १२ सस्थागत र ३ धार्मिक बिद्यालयमा १२ हजार बढी विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
शैक्षिक महोत्सवमा वौद्यिक तथा शारीरिक खेलकुदका कार्यक्रम समावेश गरिएको शिक्षा शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए । महोत्सवमा गणित दौड प्रतियोगिता, नेपाली वाचन,
अंग्रेजी वाचन, वक्तृत्वकला, चम्चा दौड प्रतियोगिता, हस्तलेखन, चित्रकला प्रतियोगिता, दौड, हिज्जे, हाई जम्प, लंग जम्प, भलिवल, कवड्डी लगाएतका खेल कार्यक्रम रहेको पौडेलले जानकारी दिए ।
कार्यक्रम पव्लिक मावि, जनता मावि र सियारी गाउँपालिकामा हुने छन् । कार्यक्रम ८ गतेदेखि १४ गतेसम्म चल्ने छ ।
महोत्सवको लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्धिन खाँनले उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका खेलकुद उपसमिति संयोजक गोपाल ज्ञवालीले जानकारी दिए । बौद्यिक कार्यक्रम पव्लिक माविमा तथा शारिरिक कार्यक्रम जनता माविमा हुने छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

