Rashtriya Dainik

सुनवलमा अागलगि हुदा ७ ओटा पसलमा क्षती

अारपि उपाध्याय / नवलपरासी , ७ पुस

पश्चिम नवलपरासीको सुनवल नगरपालिका सोमनाथ स्थित भाडामा रहेको मुन्ना टायर पसलमा बुधबार राती आगलागी भएको छ।

सुनवल १ सन्तोष पौडेलको टिन र ब्लकले बनेको सटर भाडामा रहेको टायर पसलमा आगलागी भइ ठूलो परिमाणको धनमाल क्षती भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

राती करिब १:३० बजेको समयमा विधुत सट भइ आगलागी भएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुनवलबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको नेतृत्वमा १७ जना प्रहरी टोलि र सशस्त्र प्रहरी बल कमाण्ड पोस्ट परासीबाट स.प्र.स.नि. सुरेन्द्र परियारको नेतृत्वमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभएको छ।

रातिको समयमा भएको आगलागीबाट घरको सटरमा सञ्चालन भएको पसलमा समेत आगलागी भइ क्षति भएको बताइएको छ। करिब २ घण्टाको समयमा दमकलको प्रयोग गरि आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट सुनवलकै मुन्ना टायर पसल, थिरती होटल, हिमचुली मोटर पार्ट्स, गह्रौ कालिका मोटर पार्ट्स, रामजी वर्क सप, सागर ब्याट्री पसल, सुरज पेन्ट्स लगायत ७ ओटा पसलमा क्षती भएको प्रहरीले बताएको छ।

आगलागीबाट करिब १ करोडको क्षती भएको छ भने आगलागी बारे थप अनुसन्धान कार्य भैरहेको पनि बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित