नवलपरासी , ७ पुष ।
ठेकदार सम्पर्कमा आएपछि बेलाटारी–कठहवाँ हुलाकी सडक बन्ने आशा जागेको छ ।
एक बर्षदेखि सम्पर्क विहिन रहेको ठेकदार अहिले सम्पर्कमा आपछि उक्त हुलाकी सडक निर्माणको कार्य पुनः शुरु हुने स्थानियमा आशा पलाएको हो ।
२०७७ सालमा शुरु भएको सडक निर्माणको कार्य गर्दा गर्दै ठेकदार विभिन्न बहाना देखाउदै सम्पर्क विहिन भएपछि निर्माण कार्य ठप्प बनेको थियो । सडक निर्माण कार्य ठप्प भएदेखि त्यहाँका स्थानियहरुले घाममा धुलोको हैरानी र बर्षामा हिलोको परेशानी खेप्दै आएका थिए ।
सडकमा बनाइएको ढलमा स्लाप नराख्दा ढलमा बच्चाहरु खस्ने, सडको गिट्टी उछिट्टिएर घाउ लाग्ने, सवारी साधन आउदाजादा धुलोले दिउसै बाटो अध्यारो बन्ने जस्ता समस्या रही आएको स्थानिय युवराज मौर्यले बताए ।
उनले भने, ठेकदारले सडक बनाउदा सब बेससम्मको काम गरे, पैसा छैन भन्दै एकबर्ष काम छोडी सम्पर्क विहिन भए ।
निर्माणाधिन सडकले हामी स्थानिय धुलोको हैरानी खेप्दै आएको र यात्रामा कठिनाई समेत भोग्दै आएको बताए ।
धुलोले हैरान स्थानियले त्यहाँका जनप्रतिनिधिहरुको ध्याकर्षण गराएपछि सो क्षेत्रका संघिय सांसद विनोद चौधरी, प्रदेश सांसद देवकरण कलवार र प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव समेतले सम्बन्धित निकाय मार्फत ठेकदारलाई सम्पर्कमा ल्याएर काम गराउन थालिएको प्रदेशसभा सदस्य देवकरण करलवारले जानकारी दिए ।
उनले भने, यो ठेकदार काम छोडेर भागेको भागे ग¥यो अहिले सम्पर्कमा ल्याएर काम गराउन थालिएको छ सम्भवत यहि बर्ष उक्त सडक पिच गराएर योजना सम्पन्न गर्ने हाम्रो उद्देश्य रहेको बताए । मुल हुलाकी सडक संग जोडिएको उक्त सब हुलाकी सडक बेलाटारी देखि कठहवाँसम्म कुल ९ किलामिटर दुरी रहेको छ । उक्त सडक निर्माणका लागि कन्टेक प्रा.लि. ठेकदार कम्पनीले करिब २७ करोडमा ठेक्का लिएको छ ।
सडकमा नाला भएको ठाउँमा १२ मिटर र नभएको ठाउँमा ७.५ मिटर चौडा पिच हुने स्टिमेटमा छ । सडकमा कुल ८ वटा कल्भर्ट छन भने ३ किलोमिटर नाला बनाउनु पर्ने रहेको छ ।
नाला गाउँ बस्तीमा मात्र बनाईने छ । ठेक्का म्याद सकिन लाग्दा पनि जम्मा ५० प्रतिशत काम भएको ठेकदार पक्षको साईट ईन्जिनियर कैलाश अधिकारीले जानकारी दिए ।
उनले भने, ‘‘सडक फराकिलो गरियो, सडकमा माटोफिलिङ्ग, सबबेसको काम भैसकेको छ, एउटा बाहेक अरु ७ वटै कल्भर्ट निर्माण भैसकेको, नालाको ८० प्रतिशत काम सकिसकेको बताउदै यसै आथिर्क बर्षमा पिच गरेर काम सम्पन्न योजना रहेको जानकारी दिए ।

” ठेकदार पक्षले सडक खसालिएको बेसको मेजरमेन्ट लिई रहेका छन यसै हप्तादेखि काम शुरु गर्ने ठेकदार पक्षले जनाएको छ । आयोजनाको म्याद थपका लागि ठेकदारले सम्बन्धित निकायमा पहल पनि गरिरहेको जानकारी पाइएको छ । अधुरो सडक बन्ने तरखरमा रहेको देख्दा स्थानिय खुशी भएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

