महेश सिंह/ सिरहा लहान ,७ पुष – सिरहाको लहानमा बालबालिका अपाङ्गता भएका ब्यक्तीहरुलाई लक्षित गरी मानसिक स्वास्थ सम्बन्धि निति नियम बारे लहान नगर पालिकासंग एक दिने समन्वययात्मक बैठक सम्पन्न भएको छ।
अपाङ्ग पुनःस्थापन केन्द्र लहानका कार्यबाहक अध्यक्ष शम्भु यादव नेपालीका अध्यक्षतामा सुरु भएको कार्यक्रममा सिएमसी नेपालका लहान मनोप्रामर्श कर्ता रेखा चौधरीले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।
अतिथिहरुमा लहान नगरपालिकाका महिला शखा प्रमुख अन्जना साह पशुपति आदर्श उच्च माध्यमिक बिधालयको प्रधानाध्यापक डा.महेन्द्र प्रसाद चौधरी,गोर्खा टेलिभिजनका सिरहा सम्बादाता महेश सिंह,लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि रेखा चौधरीले स्थानीय सरकार संग समन्वय गरेर कार्यक्रम गर्दा अझै प्रभावकारी हुने छ र अपाङ्गता भएका ब्यक्तीहरुले शस्क्त रूपमा काम अगाडि बढाउने बिचार राखेका थिए। एउटै घरमा २/४ जना ब्यक्तीहरु अपाङ्ग छन्। उनीहरुको अवस्था निकै दैनिय रहेको बताए। सरकारले गम्भीर हुनु जरुरी रहेको बताए।अपाङ्गता भएका ब्यक्तीहरुका अनुसार क्षमता अनुसारको रोजगारी राज्यले ब्यवस्था गर्नु पर्ने बताए।
प्र.अ. चौधरीका अनुसार तपाईंहरु शसक्त रूपमा अगाडि बढयो भने माग पुरा हुने बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

