कतारमा हालै सम्पन्न विश्वकप फुटबल २०२२ मा चौथो स्थान हासिल गरेको मोरक्कोलाई स्वदेशमा राजकीय सम्मान गरिएको छ । हजारौं दर्शकका माझ विश्वकपमा सेमिफाइनल सम्मको यात्रा तय गरेको टोलीका सदस्य र प्रशिक्षकलाई त्यहाँका राजाले राजप्रसादमा भव्य राजकीय स्वागत गर्नुभएको हो ।
अफ्रिका महादेशबाट र सिंगो अरब क्षेत्रबाट नै पहिलो पटक मोरक्कोले विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको थियो । अपराजित रहँदै अन्तिम चारसम्म पुगेको मोरक्को सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो ।
तेस्रो स्थानका लागि भएको खेलमा भने क्रोयशियासँग पराजित भएको थियो । राबाटस्थित राजप्रासादमा आयोजित भव्य समारोहमा त्यहाँका राजा मोहम्मद छैठौंले सम्मान अर्पण गर्नुभएको हो । कतारबाट घर फर्किएको मोरक्कोको टोलीलाई हजारौं घरेलु समर्थकले पनि सम्मान व्यक्त गरेका छन् ।-
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

