Rashtriya Dainik

राष्ट्रपति विद्यादेवी भण्डारी बुटवल आउदै

रुपन्देही , ७ पुस ।

राष्ट्रपति विद्यादेवी भण्डारी बुटवल आउने भएकी छिन् । स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका बिहीवारबाट बुटवल मण्डपमा आयोजना हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को उद्घाटनका लागि उनी बुटवल आउन लागेकी हुन । विहिबार दिउँसो १ बजे आयोजना हुने उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीको विशेष संवोधन हुने आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले जानकारी दिए ।

यसैबीच प्रदर्शनीको पुर्व सन्ध्यामा बुटवलमा औद्योगिक जनचेतना ¥याली निकालिएको छ । कोभिडपछि पहिलो पटक मेला महोत्सव पुर्व ¥याली निकालिएको हो । प्रदर्शनीको पुर्व सन्ध्यामा आयोजना गरिएको औद्योगिक जनचेतना ¥यालीमा विभिन्न संघसंस्था, आमा समूह, उद्योगी व्यवसायी लगायतले सहभागिता जनाएका थिए ।

¥यालीमा एक सयभन्दा वढी संघसंस्थाहरुको सहभागिता रहेको औद्योगिक जनचेतना ¥याली उपसमितिका संयोजक चन्द्रकान्त खनालले बताए । प्रदर्शनीस्थल बुटवल मण्डपबाट सुरु भएर राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाईन, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर हुदै पुनः प्रदर्शनीस्थलमा पुगेर ¥याली समापन भएको थियो । प्रदर्शनी मूल आयोजक समिति रूपन्देही उद्योग संघले प्रदर्शनीको भौतिक निर्माणको काम सकेर सजावटको काम सुरु भएको जानकारी गराएको छ । प्रदर्शनी मूल आयोजक समितिका संयोजक माधव प्रसाद पौडेलले स्टल दर्ता तथा वितरण गरिएको र तयारी पूरा भएको जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित