Rashtriya Dainik

अर्जेन्टिनाले १००० को नोटमा राख्यो मेस्सीको तस्बिर र हस्ताक्षर

पुस ७– कतारमा आयोजित विश्वकप फुटबलको उपाधि जिताउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित नोट जारी गरेको छ।

फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि उचालेर घर फर्किएलगत्तै अर्जेन्टिनाले मेस्सीको तस्बिरअंकित त्यहाँको मुद्रा पेसोको एक हजारको नोट जारी गरेको हो।

विश्वकप जितेपछि मेस्सीको तस्बिरअंकित पेसोको १००० को नोटमा उनकै हस्ताक्षर पनि रहेको छ।

मेस्सीले देशलाई ३६ वर्षपछि विश्वकप जिताउँदा यस पटक सात गोल गरेका थिए। उनले त्यसक्रममा सर्वोत्कृष्ट खेलाडीको पनि उपाधि जित्न सफल भए।

अहिले अर्जेन्टिना विश्वकपको खुसीमा झुमेको छ। त्यहाँको राजधानी ब्युनसआयर्सकै सडकमा करिब ५० लाख मानिस निस्किएर खुसीयाली मनाएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित