Rashtriya Dainik

नवलपरासीको सुनवलमा अवस्थित बिएण्डबि सप्लार्यको सटरमा आगलागी हुँदा करोडौंको क्षति

नवलपरासी , ७ पुष । गएराती सुनवल नगरपालिका वडा १ स्थित डि एण्ड बि सप्लायर्सको व्यवसायिक सटरहरुमा आगलागी भएको छ । बुधबार राती १ बजेको समयमा सटरहरुमा आगलागी हुँदा समयमै आगो निभाउन नसकिएपछि आगोले ठुलो रुप लिएको हो । उक्त आगलागी विद्युत सर्ट भएर लागेको अनुमान गरिएको छ । सटरहरुमा आगलागी हुँदा ६ वटा मोटर ग्यारेज, टायर पसल, ब्याट्री पसल, मोटर पार्टस, होटल, गोदामहरु जलेर पूर्ण क्षति भएको स्थानिय जिवन पौडेलले जानकारी दिनु भयो । आगोले मानविय क्षति भने हुन पाएन ।
सटरहरुमा आगलागी भएपछि रामग्राम, बर्दघाटको दमकल, नेपाल तथा शसस्त्र प्रहरी, प्रदेशसभा सदस्य खडक बस्नेत, सुनवलका संस्थापक मेयर भिम बहादुर थापा, उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, र सोमनाथको स्थानियहरुको प्रयासले राती नै आगो नियन्त्रणमा लिइएको स्थानियले पौडेलले जानकारी दिए । आगलागी हुँदा करोडौ रुपैयाको क्षति भएको अनुमान गरिएपनि यकिन क्षतिको विवरण भने आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित