उत्तमकुमार थापा बझाङ
आयुर्वेद जडिबुटी परिचयात्मक तथा स्थानीय परम्परागत वैद्य सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाकाे तलकाेट गाउँपालीका वडा नम्बर ६ मा अन्तरक्रिया कार्यक्रम गरिएको हाे । आज जिल्ला आयुर्वेद कार्यालय बझाङ र नागरिक आराेग्य सेवा केन्द्र तलकाेट गाउँपालीकाकाे आयाेजनामा कार्यक्रम गरिएको हाे । स्थानीय स्तरमा गरिने उपचार लाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उदश्यका साथ कार्यक्रम गरिएको नागरिक आराेग्य सेवा केन्द्र तलकाेटका कर्मचारी प्रकाश बिष्टले बताए ।
तलकाेट गाउँपालीकाकाे वडा नम्बर ६ काे सभाहलमा सञ्चालन भएको कार्यक्रममा वडा नम्बर ६ का बुढापाका स्थानीय बैद्यहरु र गाउँघरमा घरायसी प्राथमिक उपचार गराउने नागरिक विच छलफल गरिएको थियाे । विभिन्न स्थानबाट अन्तरक्रिया कार्यक्रममा आउनु भएका नागरिक र जिल्ला आयुर्वेद कार्यालय बझाङका प्रमुख विच कुराकानी भएको थियाे । छलफलमा तथा अन्तरक्रिया कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष विरजन जेठाराकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि तलकाेट गाउँवालीकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिद्बराज भण्डारी विशिष्ट अतिथि वडा नम्बर ७ का अध्यक्ष लक्ष्मण बिष्ट रहनुभएकाे थियाे । कार्यक्रम बारे आयुर्वेदका मिनबहादुर पुरीले कलास सञ्चालन गर्नुभएको थियाे भने,पर्शिक्षण आयुर्वेदका कृष्ण बहादुर कठायतले दिनु भएको थियाे । अन्तरक्रिया कार्यक्रममा आयुर्वेदले के कस्तो काम गरेको छ । आगामी दिनमा कसरी जान सकिन्छ भन्ने विषयमा छलफल भएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

