Rashtriya Dainik

बुद्धज्याेति हात्तीवनकाे ब्यवस्थापन समिति अध्यक्षमा मनाेज कुमार चाैधरी

राष्ट्रिय दैनिक / नवलपरासी , ५ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मा अवस्थित बुद्धज्याेति अाधारभूत विद्यालय हात्तीवनकाे नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

साेमवार विद्यालयमा भएको अभिभावक भेलाले मनाेज कुमार चाैधरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहित ९ जना पदाधिकारी चयन गरिएको बुद्धज्याेति अाधारभूत विद्यालय हात्तीवनकाे प्रधानाध्यापक विनाेद कुमार पाण्डेयले जानकारी दिनुभएको छ ।

विद्यालयमा पुरानो व्यवस्थापन समितिको म्याद सकिएको कारण नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । अन्य पदाधिकारीमा सदस्यहरु धन्नजय कहाँर, अाेमनाथ केवट, ईन्द्र कुमारी चाैधरी, लक्ष्मी देवी चमार, हेमन्ती यादव, पदेन सदस्य वडा नम्बर ४ वडा अध्यक्ष सुरेश प्रसाद यादव , शिक्षक प्रतिनिधि मिना अर्याल तथा सदस्य सचिव विद्यालयका प्र.अ विनाेद कुमार पाण्डेय रहनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित