Rashtriya Dainik

यौन दुर्बलता कसरी हटाउने ? (१३ टिप्स)

सामान्यतया यौन इच्छामा कमी हुनुलाई यौन दुर्बलता भनिन्छ । शारीरिक तथा मानसिक कारणले यौन दुर्बलता हुनसक्छ । यहाँ यौन दुर्बलता हटाउन सकिने केही घरेलु उपायबारे चर्चा गरिएको छ ।

१. नियमितरूपमा मेथीको सेवन गर्नाले यौन क्षमतामा वृद्धि हुन्छ ।

२. घामले पनि यौनशक्ति बढाउन काम गर्छ । बिहानको घाममा दिनहुँ निस्कनुपर्छ ।

NMB Bank
Dabur nepal
Agani Group
३. दुई गिलास दूधलाई राम्रोसँग पकाएर एक गिलासजति भएपछि त्यसमा एक चम्चा घिउ र २० देखि २५ ग्रामजति मिस्री मिलाएर राति सुत्ने बेलामा पिउनाले यौनशक्ति बढ्छ ।

४. दिनहुँ एक दुईवटा अन्डा उसिनेर खाने गरेमा पनि यौनशक्ति बढ्छ ।

Global bank
५. दैनिक चार देखि पाँचवटा सख्खरखण्ड उसिनेर वा पोलेर खाने गर्नाले पनि यौन दुर्बलता हटेर जान्छ ।

६. भुटेको बदाम दैनिक २० देखि ३० ग्रामसम्म नियमित खाने गरेमा पनि प्रशस्त मात्रामा यौनशक्ति बढ्छ ।

७. तेलमा तारिएको एक पिस माछा खाने गरेमा पनि यौन दुर्बलता हट्छ ।

८. दैनिकरूपमा एक दाना स्याउ, नासपाती र अनार खानाले पनि प्रशस्त मात्रामा यौन क्षमता बढाउँछ ।

९. गाईको दूध र त्यसबाट बनेका परिकारहरूको सेवनले पनि यौन क्षमता बढाउँछ ।

१०. मौसमअनुसार एक चिरा खरबुजा या तरबुजा खानाले पनि यौनशक्ति बढाउने पत्ता लागेको छ ।

१९. गाजर र कुरिलोले पनि यौन ग्रन्थिहरूलाई उत्प्रेरित गर्छ ।

१२. काजु, किसमिस, छोकरा र फर्सीको बियाँ खाने गरेमा पनि प्रशस्त मात्रामा यौनशक्ति बढ्छ ।

१३. हिमाली भेगमा पाइने पाँचऔँले र यार्चागुम्बा पनि यौनवर्द्धक औषधि हुन् ।

आयुर्वेद चिकित्सक डा. राजेश झाको पुस्तक योगतन्त्रको सहयोगमा ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित