अारपि उपाध्याय / नवलपरासी , ४ पुस
पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउपालिका वार्ड नंं ६ प्रसैया युवा क्लबको आयोजनामा वडास्तरिय २०।२० क्रिकेट प्रतियोगिता सोमबार देखी त्रिवेणीमा प्रारम्भ भएको छ । प्रसैया युवाक्लबका अध्यक्ष सुवर्ण थापाको अध्यक्षतामा आयोजित वडास्तरिय क्रिकेट प्रतियोगितामा प्रमुख अतिथिको रुपमा रहनुभएका वार्ड नंं ६ का वार्ड अध्यक्ष नुरेन्द्र शाहले खेलकुदको माध्यमबाट युवा वर्गको शारिरिक र मानसिक बिकास गर्न सकिने बिचार ब्यक्त गर्नुभयो । सो अवसरमा वार्ड नं ७ का वार्ड अध्यक्ष उमेश कार्की , सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बि.ओ.पी प्रमुख रिबाज दहाल नारायणी गण्डकी मा.वि. व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी ढुंगाना , त्रिवेणी उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण प्रसाद गौतम लगायतको उपस्थिती रहेको थियो । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको वडास्तरिय क्रिकेट प्रतियोगितामा नारायणी गण्डकी मा.वि. त्रिवेणी र प्रसैया क्लब बिच उद्घाटन प्रतियोगिातमा टस हारेर पहिले ब्याटिङ गरेको प्रसैया क्लबले निर्धारित १६ औं ओभरमा ७ बिकेटको क्षतीमा १०९ रन बनाउन सफल भएको थियो। जवाफी ब्याटिङ गर्दै नारायणी गण्डकी मा.वि. त्रिवेणीले १५.४ ओभरमा ७ बिकेटको क्षतीमा निर्धारित लक्ष्य पुरा गर्दै ३ बिकेटले म्याच आफ्नो पक्षमा पारेको थियो । खेलमा नारायणी गण्डकी मा.वी त्रिवेणीका अल राउण्डर खेलाडी करन अन्सारी म्यान अफ द म्याच घोषीत भएको आयोजकले जानकारी दिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

