कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगंज स्थित श्री राम गोरखा माध्यमिक विद्यालयका एस.एल.सी. २०५० ब्याचका विद्यार्थी तथा शिक्षकहरुको पुर्नंमिलन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। सरकारी जागिरे, व्यापारी, शिक्षक, हेडमास्टर, वित्तीय संस्थामा कार्यरत, किसान तथा विदेशमा जागिर गर्नेहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको आयोजना गरेका अरुण कुमार पाण्डेले विभिन्न पेशामा आबद्ध पुराना साथीहरुको पुर्नंमिलन तथा भेटघाटले विद्यार्थीकालको सम्झना गराएको बताए । पाण्डेयले २९ वर्षपछि पुराना साथीभाईसँगको भेटघाट रोमाञ्चक हुनुका साथै अविष्मरणीय भएको बताए ।
आगामी दिनमा आफ्नो व्याचका साथीहरुसँग वर्षेनी पुर्नंमिलन कार्यक्रम आयोजना गर्नुका साथै सामाजिक क्षेत्रहरुमा समेत सहयोग गर्ने खालका कार्यक्रमरु ल्याउने सोच बनाएको सहभागीहरुले बताएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

