धर्मेन्द्र कुमार कुर्मी , ४ पुस
कपिलवस्तुको विजयनगर गाउँपालिकाले हुलाकि राजमार्ग अन्तर्गतका घर÷टहरा तथा निर्माण गरेका अन्य संरचना हटाउन सूचना जारी गरेको छ।
हुलाकि राजमार्ज अन्तर्गत दत्तपुर- तुरुन्तपुर सडक खण्ड स्तरउन्नति गर्न अवरोध पुराएको भन्दै घर,टहरा हटाउन सूचना जारी गरिएको हाे।
गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत शोभाराम रिजालले एक सुचना जारी गर्दै १५ दिन भित्र सडकको स्विकृत डि पि आर अनुसार सडकको रेखांकन कायम भएको क्षेत्रमा रहेका घर,टहरा हटाउन आग्रह गर्नु भएको छ।
समय सिमा भित्र नहटाएमा प्रचलित कानुन बमोजिम हटाउने सुचनामा उल्लेख छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

