Rashtriya Dainik

चौथो ओमसतिया महोत्सव माघ १ गते देखि सुरु हुने

रुपन्देही ,४ पुस

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ को नरैनापुरमा रहेको श्री रामजानकी मन्दिर रंगशालामा चौथो ओमसतिया कला संस्कृति महोत्सव -२०७९ हुने भएको छ।

श्री रामजानकी मन्दिर रंगशाला समिति र ओमसतिया – ६ वडा कार्यलय को संयुक्त बसेको बैठकले यहीँ माघ १ गते देखि महोत्सव लगाइने भएको छ।

स्थानीय कला संस्कृती संरक्षण र प्रवर्द्धन गर्न हेतुले उक्त मेला आयोजना गर्न लागिएको वडाध्यक्ष शिव कुमार धवलले जानकारी दिएका थिए। कोभिड -१९ को कारण रोकिएको मेला फेरि यो बर्षबाट लगाइने भएको छ।

मेलामा थारु समुदायको झुमडा नृत्य र माघी पर्व समेत मेलामा मनाइने भएको छ । यसैगरी मेलामा कुस्ती प्रतियोगिता पनि हुने भएका छ्न । नेपालका चर्चित पहेलवान बसन्त थापा , देव थापा र भारतका विभिन्न स्थानका ख्याति प्राप्त पहेलवानहरुको समेत सहभागी रहने वडाध्यक्ष धवलले नेपालकेन्द्र जानकारी दिएका थिए ।

यसैगरी स्थानीय मेलामा स्थानीय कलाकार तथा भारतीय प्रसिद्ध कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ । ओमसतिया – ६ का वडाध्यक्ष शिव धवलले स्थानीय सीप बिकास र प्रवर्द्धनलाई प्राथमिकता दिएर यो मेला आयोजना गरिएको बताएका हुन ।

उनले मेलाले संस्कृती संरक्षण र प्रबर्द्धन हुने समेत जानकारी दिएका हुन । धवलले माघ १ गते देखि मेला लाग्ने भएकोले समिती तयारीमा जुटेका समेत बताएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित