Rashtriya Dainik

साईपालमा ३ दिने शिविर बस्ने

बझाङ,४ पुस
बझाङकाे साइपाल गाउँपालिकामा यही पुस ८ गतेदेखि तीनदिने स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गुराँसे कल्याणकारी सेवा प्रतिष्ठान, रोटरी क्लब अफ नक्सालको आयोजनामा पुस ८,९ र १० गतेसम्म तीनदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने गाउँपालीका उपाध्यक्ष डाेल्मा तामाङले बताए । 

गाउँपालिकामा रहेका महिलाहरुको स्वास्थ्य समस्याका आधारमा शिविरको आयोजना गरिएको साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले बताइन् । गाउँ घरका महिलामा आङ खस्ने, पाठेघरको समस्या तथा दाँतसम्बन्धी रोगबाट पीडित महिलाको समस्या रहेका कारण पालिकाको केन्द्रमा तीन दिनसम्म शिविरको आयोजना गरिएको उपाध्यक्ष तामाङले बताईन । 

‘गाउँ र नागरिकको विकास तथा सहयोग गर्छु भन्ने उद्देश्यले पालिकाको जनप्रतिनिधि बनिसकेपछि आफूले साइपालमा महिलाहरुको स्वास्थ्यमा सहयोग गर्ने सोच बनाएको थिएँ । साइपालका नागरिकले र मलाई विजयी गराएपछि अब मैले यहाँका नागरिकका लागि काम गर्नुपर्छ,’ उपाध्यक्ष तामाङले भनिन्, ‘मेरो पहिलो प्राथमिकतामा साइपाल गाउँपालिकाका महिलाहरुको समस्या पर्यो । उनीहरुको समस्या समाधानका लागि राष्ट्रपतिलाई आग्रह गरी साइपालमा तीनदिने शिविर सञ्चालन गर्दै छौँ ।’
 
साइपाल गाउँपालिकाको केन्द्र वडा नं. ३ को काँडामा सञ्चालन हुने शिविरमा आङ खस्ने समस्या, पाठेघरको समस्या, दाँतका बिरामीका लागि र अन्य भिडियो एक्स–रे सेवा, बालबालिकाको रोगको समस्या र होलबडी चेकजाँचलगायत सेवा पालिकामा नै दिइने भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित