Rashtriya Dainik

राम गाेरखा माविकाे नया व्यास्थापन समिति गठन

कपिलवस्तु ,४ पाैष । जिल्लाकाे पुरानाे विद्यालय राम गाेरखा माविमा वैभव प्रताप शाहकाे संयाेजकत्वमा नया व्यवस्थापन समिति गठन भएकाे छ ।
कृष्णनगर नगरपालिकाकाे बहादुरगंजमा रहेकाे जिल्लाकै पुरानाे विद्यालय राम गाेरखा माविमा विद्यालय व्यवस्थापन समितिकाे नया पदाधिकारी सर्वसम्मतले चयन भएका छन । आज समिति चयनका लागि बाेलाइएकाे अभिभावक भेलामा जग्गादाता परिवारबाट मनाेनित भई अध्यक्ष पदमा वैभव प्रताप शाह चयन भएका हुन । भेलाले सदस्यहरु हरिराम प्रसादकुर्मी ,प्रेमा हरिजन ,केशव शुक्ला, अनिता कहांर र सरिता सिंह लाई सर्वसम्मत चयन गरेपछि विद्यालय जग्गादाता एवं संस्थापक सदस्य वैभव प्रताप शाहलाई संयाेजकमा मनाेनित गरेकाे सदस्य सचिव एवं विद्यालयका प्रधानाध्यापक प्रदीप सिंहले बताउनुभयाे ।
त्यस्तै भेलाले कृष्णनगर नगरपालिका वडा छ का माैलाना सफिक अहमदकाे अध्यक्षतामा विद्यालय अभिभावक समितिमा चयन गरेकाे छ भने सदस्यहरुमा बब्लु यादव ,राममिलन हरिजन , दुलारमति नाउ , स्वामी दयाल यादव ,नरेन्द्र चाैधरी लगायत सर्वसम्मतमा चयन भएका छन ।
विद्यालयका पुर्वअध्यक्ष एवं कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाहले नवगठित विद्यालय व्यावस्थापन समितिले विद्यालयलाई नमुना बनाएर प्रविधिक क्याम्पस संचालनतिर ध्यान दिनुपर्नेमा जाेड दिनुभयाे । नगरप्रमुख शाहले नवगठित समिति स्थानीय तहसंग समन्वय गरे पुर्वाधार लगायत जनशक्ति व्यवस्थापनमा निरन्तर सहयाेग गर्ने प्रतिवद्धता गर्नुभएकाे थियाे ।

नवनिर्वाचित अध्यक्ष वैभव प्रताप शाहले आफ्नाे कार्यकालमा विद्यालयकाे पुर्वाधार निर्माण , जनशक्ति व्यवस्थापन , स्मार्ट प्रविधिबाट शिक्षा , यातायात व्यवस्थापनमा केन्द्रीत हुनुका साथै व्यवासयिक प्रविधिक शिक्षामा जाेड दिने याेजना रहेकाे बताउनुभयाे । उनले अहिलेकाे डिजिटल युगमा बिद्यार्थीहरुलाई सुचना प्रविधिमैत्री शिक्षा प्रदान गर्न अतिआवश्यक रहेकाले प्रविधिक क्याम्पस नै संचालन गर्न समिति अग्रसर रहने बताए ।

राम गाेरखा माविमा अहिले कक्षा १२ सम्म शिक्षा , व्यवस्थापन, मानविकी संकायमा शिक्षण भइरहेकाे छ भने सिटिईभिटी तर्फ प्लान्ट साइन्स र एनिमल साइन्सकाे १८ महिने काेर्ष संचालनमा रहेकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित