Rashtriya Dainik

बैदेशिक रोजगारमा ज्यान गुमाएका १९ बालबालिकाहरुलाई शैक्षिक समाग्राी बितरण

नवलपरासी, ३ पुस । पश्चिम नवलपरासीमा बैदेशिक रोजगारमा ज्यान गुमाएका तथा परिवारसंग सम्पर्क बिहीन भएका परिवारका बालबालिकाहरुलाई शैक्षिक समाग्राी बितरण गरिएको छ । अन्तराष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसरमा बैदेशिक रोजगारमा ज्यान गुमाएका तथा परिवारसंग सम्पर्क बिहीन भएका परिवारका बालबालिकालाई शैक्षिक समाग्राी बितरण गरिएको हो ।

रामग्राम नगरपालिका रहेको सुरक्षित आप्रवासन सामी कार्यक्रम तथा आप्रवासी परिवार हक हित संरक्षण मञ्चको सहकार्यमा समृद्धी सामाजिक संस्थाको सहयोगमा उक्त शैक्षिक सामाग्री बितरण गरिएको सामीकी मनोसामाजिक परामर्श कर्ता सुमित्रा चौधरीले जानकारी दिईन ।

रामग्राम नगरपालिका नगरप्रमुख धनपत यादवले आज नगरपालिकामा एक कार्यक्रमको बिच बैदेशिक रोजगारमा ज्यान गुमाएका तथा अंगभङ्ग भएका परिवारका छोरो छोरीहरुलाई शैक्षिक समाग्राी बितरण गरेका हुन । बितरण गदै नगरप्रमुख यादवले बैदेशिक रोजगारमा जानुभन्दा सहि सुचना र सिप सम्बन्धी ज्ञान लिएरमात्र जान युवाहरुलाई अग्रह गरेका थिए ।

सिप नहुदाँ बैदेशीक रोजगार जदाँ ज्ञान नहुनाले युवाहरु बिदेशमा दुख पाउने गरेको यादवले बताए । बैदेशीक रोजगारमा ज्यान गुमाएका परिवारहरुलाई जिबीकोपर्जनको लागि सिप मुलाक तालिम दिने योजना बनाईएको नगरप्रमुख यादवले बताए । नगरपालिकाले सिप सम्बन्धी तालिम दिई जिबीकोपर्जन गरी परिवार पालन सक्ने बिश्वास व्यक्त गरेका थिए ।

कार्यक्रम नगरउपप्रमुख सम्झाना चौधरीले युवा वा युगतीहरुले बैदेशीक रोजगारीमा जानुभन्दा सिप सिकेर जानुपर्नेमा जोड दिईन । बैदेशिक रोजगारमा ज्यान गुमाएका तथा परिवारसंग सम्पर्क बिहीन भएका परिवारका जसपनि कुनै निकायबाट क्षेतीपुर्ती नपाएका १९ जनालाई बालबालिकाहरुलाई शैक्षिक समाग्राी बितरण गरिएको सामीका संयोजक ज्ञानेश्वार भण्डारीले जानकारी दिए ।

बैदेशीक रोजगारमा ज्यान गुमाएका तथा परिवारसंग सम्पर्क बिहीन त्यसमा पनि गरिब दलित परिवारका बालबालिकालाई छनौट गरी कापी कलम झोला ट्याक्ट सुट लगायतको शैक्षिक समागा्री बितरण गरिएको भण्डारीले बताए । कार्यक्रममा आप्रवासी परिवार हक हित संरक्षण मञ्चका अध्यक्ष रामु भुसाल रेडियो परासीका प्रबन्धक निर्देशक मेघराज गौतम लगायतले बोल्दै यस शैक्षिक समाग्री बितरणले शैक्षिक शिक्षमा पहुँच पुग्ने बिश्वास व्यक्त गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित