राजन कुमार बानिया / पर्सा ३ पुष
पर्साको कालिकामाई गाउँपालिका वार्ड नं १ मा आज बाटो निर्माणको लागी रोडमा अतिक्रम गरि मिचिएको जग्गालाई बाटो सडक फराकिलो बनाउन गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता र वडा नं १ का वडा अध्यक्ष लालबाबु चौरसियाले डोजर लिएर अाफै लागेका छन। गाउँपालिकाले मेन बाटो २६ फिट कायम गरेकोले मुडली गाउँको मेन बाटोमा अतिक्रम गरि बनाएको घरलाई डोजर लगाएर टोडफोर गर्न सुरु गरिए छ।यसको पहिला दुई चोटि ३० दिनको पत्र पठाएको गाउँपालिका अध्यक्ष गुप्ताले बताए । गाउँका मेन बाटो सडकहरु फराकिलो बनाउनको लागि अाज देखि गरिएको अतिक्रम हटान काम जारिनै रहने बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

