उमेश बि.क / नवलपरासी , ३ पुस
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागी छात्रवृत्ति वितरण गरिएको छ।

छात्रवृत्ति छनाैट समिति तथा सरावल पालिका उपाध्यक्ष बासमती हरिजनकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा छात्रवृत्ति वितरण गरिएको हाे।

सरावल गाउँपालिका र एबिसि नेपालकाे संयुक्त लगानीमा २२ जनालाई ४ लाख २० हजार रुपैया उच्च शिक्षा अध्ययनको लागी छात्रवृत्ति वितरण गरिएको हाे।

विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै पालिका अध्यक्ष चाैधरीले विद्यार्थी देशको भविष्य भएकाले शिक्षामा गरिने लगानी फलदायी हुने बताउनुभयो । विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्दै अाफु , अाफ्नाे परिवार र सरावललाई देश बिदेशमा चिनाउने किसिमकाे काम गर्नुपर्ने सुझाव दिनुभएको थियोे । चाैधरीले बाेल्दै जनप्रतिनिधि नहुदा अाफु एबिसि नेपालसंग अाबद्ब भएर ल्याएकाे याेजना र हाल अाफु जनप्रतिनिधि भएको बेला याे याेजना कार्वान्यन भएकोमा खुशी ब्यक्त गर्दै अगामी दिनमा पनि यस्ता याेजनालाई निरन्तर्ता दिने बताउनुभयो ।
सरावल गपालिका अन्तर्गतका विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिसँगै भौतिक विकासका लागि आफूले निरन्तर सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष फिरंगी चाैधरी , वडा नम्बर २ कार्यवाहक अध्यक्ष तुफानीलाल गुप्ता, वडा नम्बर ५ वडा अध्यक्ष लच्क्षुमण चाैधरी , वडा नम्बर ६ वडा अध्यक्ष छाेटेलाल गुप्ता एबिसि नेपालकाे सहजकर्ता सायिदा नेसा पठान लगाएतकाे सहभागीता रहेकाे पालिका अध्यक्षका स्वकीय सचिव सन्जय माैर्यले जानकारी दिनुभएको हाे।

अारिफ अलि खाँकाे स्वागत मन्तब्यवाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन सन्दिप बि.कले गर्नुभएको थियोे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

