Rashtriya Dainik

सरावलमा ब्यवसायिक कृषकलाई कृषि उपकरण हस्तान्तरण

उमेश बि.क / नवलपरासी , ३ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाद्वारा ब्यवसायिक कृषकलाई कृषि उपकरण हस्तान्तरण गरेको छ ।

किसानहरुलाई कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्नका लागि गाउँपालिकाले कृषि उपकरण हस्तान्तरण गरेको हो ।

निजि तथा ब्यवसायिक फमकाे लागि १५ जनालाई बिद्युतिय चाप कटर ७५ प्रतिशत अनुदानमा हस्तान्तरण गरिएको हाे । त्यस्तै ८० जनालाई निशुल्क क्यान प्रदान गरिएको हाे ।

ब्यवसायिक कृषकलाई कृषि उपकरण हस्तान्तरण सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले हस्तान्तरण गर्नुभएको हाे । पालिकाका अध्यक्ष चाैधरीले कृषिमा व्यावसायीकरण गर्न गाउँपालिकाले सहयोग गर्ने बताए । “कृषकलाई प्रविधि दिएर कृषिमा आधुनिकीकरण गर्ने सोच राखेका छौँ”, उनले भने । कृषकको मागका आधारमा सामग्री वितरण गरिएको उनले बताए । “यान्त्रिकरणमार्फत कृषकलाई व्यावसायिक बनाउन विभिन्न सामग्री प्रदान गरेका हौँ, यसले कृषक खुसी भएका छन्”, चाैधरीले भने । परम्परागत प्रविधिको खेतीले आम्दानीभन्दा खर्च धेरै भइरहेकाले लागत घटाउँदै कृषिमा यान्त्रिकरण गर्नका लागि कृषकलाई उपकरण दिइएको उनले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित